काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो ।
बैंकले कुल ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।
ऋणपत्रमध्ये बैंकले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्ने छ। बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरले विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ ।
बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। असार १९ गते बैंकले बोर्डमा निवेदन दिएको हो ।
ऋणपत्रको परिपक्व अवधि १० वर्षको छ। बैंकको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar