काठमाडौं– नेपालबाट गत आर्थिक वर्ष २०७९÷८० मा ७ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ९३ लाख ८६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोडले अलैँचीको निर्यात बढेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar