काठमाडौं– प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।
राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन् । प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।
विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् ।
शहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar