एजेन्सी– भारतको महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए ।
अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar