काठमाडौं– इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले भिडियो म्यासेजको फिचर ल्याएको छ । यो सुविधाको सहायताले प्रयोगकर्ताहरूले छोटो भिडियो सन्देश पठाउन सक्छन् ।
ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकलगायत अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत यसबारे जानकारी दिए ।
उनले लेखेका छन्, ‘हामी ह्वाट्सएप च्याटमा भिडियो सन्देशलाई तत्कालै रेकर्ड गर्न र सेयर गर्ने क्षमता थप्दैछौँ। यो द्रुत अडियो सन्देश पठाउन जत्तिकै सजिलो छ।’ यससँगै उनले यो फिचरको भिडियो पनि सेयर गरेका छन् ।
व्हाट्सएपको यो सुविधा मार्फत प्रयोगकर्ताहरूले ६० सेकेन्डसम्मको रियल टाइम भिडियो रेकर्ड गरेर पठाउन सक्छन् । कम्पनीको दाबी छ कि यी सन्देशहरू पनि इन्ड–टु–एन्ड इन्क्रिप्टेड हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar