काठमाडौं– सानिमा बैंकले ग्राहकका लागि सानिमा ’फाइभ इन वान’ एकाउन्ट सेवा सुरु गरेको छ ।
यो सेवा विद्यमान सानिमा ’थ्री इन वान’ खाताको अद्यावधिक संस्करण हो जसमा बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सी–एएसबीए (ब्लक गरिएको रकमद्वारा
समर्थित केन्द्रीकृत आवेदन) र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ ।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो अनौठो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको बेबसाइटमा उपलब्ध अनलाइन प्लेटफर्ममार्फत डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सी–आस्बा, मेरो शेयर खोल्न र दोस्रो बजारबाट शेयर खरिद÷बिक्री गर्न बैंकका विद्यमान तथा नयाँ ग्राहकहरूलाई सहज बनाउने विज्ञप्तिमा जनाइएको छ ।
ग्राहकहरूलाई सरलीकृत डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar