एजेन्सी– विश्वभरी जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ । वैज्ञानिकका अनुसार यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड पनि तोड्नेछ ।
यो महिना सकिन अझै केही दिन बाँकी नै छ । केही विशेषज्ञका अनुसार यस वर्ष जुलाई पछिल्लो १,२०,००० वर्षकै सबैभन्दा गर्मी महिना साबित हुन सक्छ । युरोप र अमेरिकासमेत विश्वका थुप्रै हिस्सामा भीषण गर्मीको प्रकोप छ ।
धेरै देशमा चर्को गर्मी बढिरहेको छ । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले विश्व ग्लोबल वार्मिङबाट अघि बढेर ग्लोबल बोयलिङको चरणमा पुगिसकेको बताएका छन् ।
वैज्ञानिकका अनुसार जीवाश्म इन्धनको बढी प्रयोगले गर्मी बढिरहेको छ । नेपाललगायत भारतमा पनि जुलाईमा असाधारण गर्मी देखिएको छ । वैज्ञानिकले यो ग्लोबल वार्मिङको नतिजा भएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar