काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसमा सदस्य गगनकुमार थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।
निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको थियो ।
सांसद थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरे पनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन् । त्यसैका लागि उनलाई जरिवाना गरिएको हो ।
‘मैले निर्वाचन आयोगमा मिति २०७९–०८–२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,’ सांसद थापाले सामाजिक सञ्जालमा भनेका छन् । आयोगले अन्य राजनीतिक पार्टीका नेताहरुलाई पनि जरिवाना तोकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar