काठमाडौं – अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ ।
राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।
कर्नेल अमादु अब्दराम अन्य नौ जना सैनिक अधिकृतहरुसँगै बसेर टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले देशको सुरक्षा व्यवस्था लगातार बिगि्रँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।
उनले स्थिति स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने बताएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी पनि दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar