काठमाडौं – आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।
आन्दोलनरत महासंघको टोलीले बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पुगी पहल गरिदिनका लागी आग्रह गर्दै पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् । साउन ४ गतेदेखि महासंघ ९ बुँदे माग राखेर आन्दोलनमै उत्रियको छ । आन्दोलनको कार्यतालिका अनुसार नै आज सवै राजनितिक पार्टीका शिर्ष नेताहरुलायृ ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाले सवैलाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष रवी सिंहले बताए ।
उनीहरुले सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सरकाबाट जारी म्याद थपको आदेशमा संसोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न पुन आदेश जारी गर्नुपर्ने, मूल्य समायोजन गर्नुपर्ने माग राखेका छन् । यसैगरी बजेट नभई काम हुन नसकेका आयोजनाहरु सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैँक ग्यारेण्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, उपभोक्ता समिति मार्फत हुने निर्माण कार्य रोकिनुपर्ने र कानुन संसोधन गरिनुपर्ने लगायतका माग राखेका छन् ।
ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष रवी सिंहले आफुहरुले राखेको माग साउन १३ गतेसम्म पनि सम्बोधन नभए सशक्त आन्दोलनमा जाने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar