बेइजिङ – चीनका विदेशमन्त्री छिन ग्याङले एक महिनादेखि निश्चित कार्यक्रममा विदेशी नेतासँग भेटघाट नगरेका मात्र हैन, सार्वजनिक रूपमा समेत उनी देखिएका छैनन् ।
चीनको विदेश मन्त्रालय पनि उनको बारेमा केही बताउन चाहेको छैन, जसका कारण अनुमानको सिलसिला तीव्र भएको छ । ५७ वर्षीय विदेशमन्त्री छिनका लागि अमेरिकी टिभी एङ्करसँगको अफेयर महँगो परेको विश्वास कतिपयले गरेका छन् ।
कतिपयले छिनको लोकप्रियताका कारण उनी राष्ट्रपतिको कोपभाजनमा परेको बताएका छन् । यस्तो हो भने चीनमा फेरि एकपटक ठूलो फेरबदल हुन सक्छ ।
मिडिया रिपोर्टका अनुसार छिन संयुक्त राज्य अमेरिकाका लागि राजदूतको रूपमा छोटो कार्यकालपछि डिसेम्बरमा विदेश मन्त्रीमा बढुवा भएका थिए ।
छिन एक पेशेवर कूटनीतिज्ञ हुन् र उनलाई चिनियाँ नेता सी जिनपिङको भरपर्दो सहयोगी मानिन्छ। विदेश मन्त्रीको रूपमा उनले अमेरिकामा प्रक्षेपण गरिएको संदिग्ध चिनियाँ जासूस बेलुनको मुद्दामा वाशिंगटनको आलोचनासमेत गरेका थिए ।
त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको थियो । तर, उनले दुई पक्षबीचको तनावपूर्ण सम्बन्ध सुधार र वार्ता पुनःस्थापनाका प्रयासमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
चीनमा वरिष्ठ नेता बिना कुनै स्पष्टीकरण यति लामो समयसम्म सार्वजनिक रूपमा नआउनु अस्वाभाविक भने होइन। सन् २०१२ मा वर्तमान रास्ट्रपति सी जिनपिङ पनि यस्तै गुमनाम भएका थिए ।सेप्टेम्बर १ देखि सी गुमनाम भएका थिए । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनजस्ता विदेशी नेताहरूसँगको पूर्वनिर्धारित बैठकमा उनी सरिक भएका थिएनन् । त्यसको दुई सातापछि सेप्टेम्बर १५ मा उनी सार्वजनिक रुपमा देखापरे भने १५ नोभेम्बरमा चीनको राष्ट्रपतिमा चयन भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar