काठमाडौं – झण्डै १०० किलो अवैध सुन प्रकरणमा भन्सार एजेन्टसहित थप ६ जना पक्राउ परेका छन् । आइतबार पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।
पक्राउ पर्नेहरुमा भन्सार कर्मचारीहरू सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुविना थापा छन् ।
राजश्व अनुसन्धान विभागका अनुसार उनीहरुलाई सुन प्रकरणमा संलग्नता देखिएको आधारमा पक्राउ गरिएको हो ।
असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको सुन बरामद भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar