काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेको छ । मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् नै राखेर सेयर लगानीको बारेमा छुट्टै मार्गदर्शन बनाउने उल्लेख गरेको छ ।
सेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेको छ । नेप्से छ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको पुस २८ गते नेप्से २२ सय ३७ विन्दुमा पुगेको थियो, त्यसपछि २२ सय २२ विन्दुभन्दा माथि बजार पुगेको थिएन ।
आज सबै समूहको सेयर बढेकोमा बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।
आज एक करोड २० लाख दुई हजार कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar