काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १० हजार ११५ जनाले सेयर पाएका छन् ।
जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । उक्त आइपिओमा कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ ।
बाँकी १० लाख ४७ हजार ३०५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सो आइपिओ बिक्री गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar