एजेन्सी– पेरिस सेन्ट जर्मेनले किलियान एम्बाप्पेलाई जापान र दक्षिण कोरियाको प्रि–सिजन टूर गर्ने टोलीबाहिर राखेको छ ।
क्लबका सर्वाधिक गोलकर्ता र क्लबबीच करार नवीकरणमा विवाद रहेको छ । फ्रेन्च स्ट्राइकरले क्लबसँग एक वर्ष थप करार नवीकरण गर्न अस्वीकार गरेका छन् ।
त्यही भएर पीएसजी एम्बाप्पेलाई अहिले नै बेच्न चाहन्छ । अर्को सिजन क्लबले उनलाई सित्तैमा गुमाउनुपर्ने हुन्छ । यद्यपि, एम्बाप्पे भने आफ्नो करार अवधिको बाँकी एक वर्ष पीएसजीमा नै रहन चाहन्छन् ।
अर्को सिजन उनी बिना कुनै रकम रियल मड्रिडसँग आबद्ध हुने आँकलन गरिएको छ ।
एम्बाप्पे विश्वकै दोस्रो महँगो खेलाडी हुन् । उनी सन् २०१७ मा १६।५७ करोड पाउन्डमा पीएसजीसँग आबद्ध भएका थिए । विश्वकप विजेता खेलाडीले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar