एजेन्सी– भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न त्यहाँको सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । यद्यपि अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।
सर्वोच्च अदालतले गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने कांग्रेस नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरी दिने बीजेपी नेता पूर्णेश मोदीलाई दश दिनभित्र जवाफ दिन शुक्रवार ’नोटिस’ जारी गरेको छ ।
न्यायाधीश बीआर गवईको संयोजकत्वको इजलासले त्यस्तो सूचना जारी गरेको हो । नेता गान्धीको पुनरावेदनमाथि यही साउन १९ गते सुनुवाइ हुनेछ ।
गुजरात उच्च न्यायालयले आफ्नो आदेशमा आपराधिक मानहानि मुद्दामा नेता गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो । अदालतले सुरत अदालतले गरेको निर्णयलाई नै सदर गरेको थियो । मोदी उपनामलाई लिएर नेता गान्धीले गरेको टिप्पणीबाट मानहानि भएको भन्दै सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यो निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको छ ।
सुनुवाइका क्रममा न्यायमूर्ति गवईले आफ्नो बुबा र भाइको कांग्रेस पार्टीसँग सम्बन्ध रहेको भन्दै मुद्दाबाट अलग हुन प्रस्ताव गरेका थिए तर दुवै पक्षले न्यायमूर्ति गवईको सुनुवाइमा कुनै आपत्ति नभएको बताएका थिए ।
नेता गान्धीले सन् २०१९ को अप्रिलमा कर्नाटकको कालारमा भएको चुनावीसभामा विपक्षी दलको नेताका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै ‘कसरी सबै चोरहरूको समान उपनाम मोदी हुन्छ?’, प्रश्न गरेका थिए । उनको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बीजेपी नेता पूर्णेश मोदीले सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar