काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताएका छन् ।
विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताए ।
मन्त्री श्रेष्ठले सुन काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए । ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’
प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि यही विषयमा कुराकानी भएको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले यसबारे अहिले छानबिन भइरहेको बताए । उनले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar