काठमाडौं– मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो ।
हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको छ ।
यस कम्पनीले १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो । योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो ।
त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थिानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ ।
यता, सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये १०५ अर्थात ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यस कम्पनीको आइपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar