धादिङ – त्रिसुली नदीमा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा धादिङ प्रहरीले एउटा डोजर नियन्त्रणमा लिएको छ ।
बिहीबार राती, गल्छी – ४ स्थित् त्रिसुली नदीमा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा धादिङ प्रहरीले एउटा डोजर नियन्त्रणमा लिएको हो । राती अन्दाजी ९ बजेतिर बत्ती बाल्दै एउटा डोजर र केही टिपरहरु रुम्टा बगर स्थित् त्रिसुली नदीमा पुगेपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए । स्थानियको खवर लगत्तै उक्त स्थानमा पुगेको प्रहरी टोलीले नदी उत्खनन् गर्दै गरेको अवस्थामा एउटा डोजर नियन्त्रणमा लिएको थियो ।
यद्धपी प्रहरी घटनास्थलमा पुग्दा टिपरसहित डोजर चालक फरार भएका थिए । प्रहरी टोलीले तत्कालै घटनास्थलबाट उक्त डोजर नियन्त्रणमा लिएको जनाएको छ ।
चालक फरार रहेपनी आज (शुक्रबार) बिहानै प्रहरी टोलीले उक्त डोजर ईलाका प्रहरी कार्यालय बैरेनीमा लगेको छ । त्रिसुली नदीमा अवैध उत्खननमा प्रयोग भएको उक्त डोजर स्थानिय एमाले नेता केशव अधिकारीको रहेकोसमेत खुल्न आएको छ । नदीमा अवैध र अप्राकृतिक दोहन गरेको आरोपमा प्रहरीले अधिकारीमाथी कारवाही प्रकृया अघी बढाउने भएको छ । प्रहरीका अनुसार अधिकारीलाई नदी दोहन गरेको कसुरमा प्रहरी कार्यालयमा झिकाईने भएको छ ।
अधिकारी यसअघीपनि पटक पटक नदी दोहन गरेको आरोपमा पक्राउ पर्दै आएका व्यक्ति हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar