काठमाडौं – ठूलो परिणाममा बरामद भएको सुन प्रकरणमा भन्सारका कर्मचारी निलम्बन गर्ने तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बरामद गरिएको सुन तस्करी प्रकरणमा केही कर्मचारीलाई निलम्बनको तयारी गरिएको बताइएको छ ।
सुन प्रकरणमा भन्सार कार्यालयका सम्बन्धित कर्मचारीलाई निलम्बनको तयारी गरिएको भन्सार विभागका सूचना अधिकारी एवं निर्देशक पुण्यविक्रम खड्काले बताए । कानून अनुसार कारबाही गर्ने प्रक्रियामा जाने उनको भनाइ छ ।
मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । अनुमानित १०० किलो सुन बरामद गरिएको छ ।
नेपाल राष्ट्र बैंकमा लगेर जोखेपछि सुनको यकिन तौल थाहा हुने उनले बताए । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar