धादिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्ररुपमा अघि बढ्ने बताएका छन्।
आज बुधबार गोरखाको सिउरेनीटारमा बुढीगण्डकी आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्रीले दाहालले आयोजना निर्माणमा ढिलाइ गर्ने छुट आफूलाई नभएको भन्दै अव आयोजनाको काम तीव्ररुपमा अघि बढ्ने बताएका हुन्। ‘हर हालतमा आयोजना निर्माण सम्पन्न गर्नुपर्छ, उनले भने, ढिलाइ गर्ने छुट अब मलाई छैन।’ प्रचण्डले भने ।
गोरखाको गण्डकी गाउँपालिका – ८ सिउरेनीटारमा आजै प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको पनि शुभारम्भ गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड लगायतका उच्च अधिकारीहरुले हेलिकोप्टरमार्फत् गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको पनि अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत सम्लग्न थिए ।
सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको जनाएको छ । घर गोठ,बोटबिरुवातर्फ छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको कम्पनिका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको श्रेष्ठको दावी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar