धादिङ – धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालयको बार्षिक प्रतिवेदन अनुसार धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको पाईएको हो । प्रतिवेदन अनुसार आ.व.
२०७९/०८० मा मात्र धादिङमा ११२ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांकसंगै बागमती प्रदेशका १३ जिल्ला मध्ये आत्महत्या गर्ने जिल्लामा धादिङ एक नम्बरमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले बताए ।
अघिल्लो आ.व.मा भने धादिङमा ९७ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढीरहे पनि त्यसको न्युनीकरणको लागि स्थानीय तहले खासै चासो नदेखाएको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीको तथ्यांक अनुसार धादिङमा अपराधका घट्नाहरु पनि बढेको देखिएको छ । यसैगरी राजस्व संकलनमा बृद्धि भएको छ भने सडक दुर्घटना न्युनीकरण भएको पाईएको छ । गत आर्थिक बर्षमा घरेलु हिंसाका ६५ वटा घट्ना भएका छन् भने जसमा ५४ वटा फछ्यौट भएको छ ।
त्यस्तै बिभिन्न अपराधमा सम्लग्न भई फरार रहेका ११० जना अभियुक्तहरुलाई प्रक्राउ गरीएको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar