एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त पारिदिने दाबी गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको भन्दै ट्रम्पले एक वर्ष भन्दा लामो समयदेखि चलिरहेको युद्ध एक दिनमा समाप्त पार्ने दाबी गरेका हुन् ।
आफू सत्तामा आए पुटिनलाई युद्ध रोक्न लगाउने र युद्ध नरोक युक्रेनलाई अमेरिकाले अहिलेसम्म नदिएको सहयोग दिने चेतावनी दिने पनि ट्रम्पको भनाइ छ । ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युद्ध रोक्न मनाउन त्यस्तै स्मार्ट मान्छेहरु परिचालन गर्नुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar