काठमाडौं– आर्थिक वर्षको आज पहिलो दिन सेयर बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलव १६ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्सको सेयर १० प्रतिशतले बढेको छ ।
आज ७६ लाख ३४ हजार कित्ता सेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar