काठमाडौं– महालेखाका नियन्त्रक कार्यलयले गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको जनाएको छ ।
गत आर्थिक वर्षमा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेकोमा असार मसान्त अर्थात आइतबार रातीसम्ममा ९ खर्ब ५७ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको हो ।
झण्डै १३ खर्बको कर राजश्व उठाउने लक्ष्य राखेकोमा ८ खर्ब ६५ अर्ब मात्रै संकलन भएको छ । यो भनेको लक्ष्यको ६६ दशलव ८२ प्रतिशत हो । त्यसैगरी गैर राजश्व वापत १ खर्ब ७७ अर्ब उठाउने लक्ष राखेकोमा ७६ अर्ब ३८ करोड उठेको छ ।
अनुदानतर्फ सरकारले ५५ अर्ब ४५ करोड प्राप्त गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ३८ प्रतिशत अर्थात २१ अर्ब २९ करोड मात्रै प्राप्त गरेको छ । राजश्य संकलन लक्ष्यको १० प्रतिशतसम्म तलमाथि हुनुलाई औसत मान्ने गरिन्छ । तर गत वर्ष सरकारको लक्ष्य भन्दा ३२ प्रतिशत कम राजश्व संकलन भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar