काठमाडौं– सरकारले ‘अला कार्ट’ प्रणाली लागू गर्ने निर्णय गरेसँगै आजदेखि तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने भएका छन् ।
सूचना तथा प्रसारण विभागका अनुसार डिजिटल सिस्टम अफ नेपाल प्रालि वितरकलगायत तीनवटा कम्पनी अलाकार्ट प्रणाली कार्यान्वयन गर्न तयार भएका हुन् । योसँगै अलाकार्ट प्रणाली कार्यान्वयन नगर्ने विदेशी च्यानल आजदेखि बन्द हुने विभागले जनाएको छ ।
अलाकार्ट प्रणाली लागू भइसकेपछि अहिले ओटीटीमार्फत् प्रसारण भइरहेका सबै च्यानल स्वतः बन्द गर्नुपर्ने विभागले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत १५ गते टेलिभिजन सेवामा ‘अला कार्ट’ मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar