एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ ।
बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार भएको युनिसेफले जनाएको छ ।
अफगानिस्तानमा तालिवानले शासन सम्हालेपछि गरिबीमा वृद्धि भएको र यसले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता निकायले बताउँदै आएका छन् । तालिवानले मानवीय सहायता सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि फ्रान इक्विजाले यो वर्ष झण्डै २३ लाख अफगानी बालबालिकाले कुपोषणको सामना गर्नुपर्ने चेतावनी दिएको समाचार संस्था एएनआईले जनाएको छ ।
उनीहरूलाई खाद्यान्न, पोषिला खाद्यपदार्थ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने तथा तालिबान सरकारले सहायता निकायलाई शङ्काको दृष्टिले हेर्न नहुनेमा पनि मानवीय सहायता निकायको जोड छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar