एजेन्सी– भारतले आज चन्द्रमाका लागि रकेट पठाएको छ ।
स्थानीय समयअनुसार आज दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ ।
चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पु¥याउन सकेका छन् ।
भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान–१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन ।
सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो । चन्द्रयान–३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar