काठमाडौं– लक्ष्मी बैंक र सनराईज बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई वाणिज्य बैंक आपसमा गाभिएर लक्ष्मी सनराईज बैंक बनेका छन् ।
लक्ष्मी बैंक र सनराईज बैंक १ः १ को अनुपातमा आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरमा जानका लागि बैंकहरुले जेठ ८ गते सहमति गरेका थिए भने असार असार ३ गते बसेको वार्षिक साधारणसभाबाट मर्जर स्वीकृत गरेका थिए ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने लक्ष्यसहित लामो समयदेखि मर्जरलाई प्राथमिक्तामा राख्दै आएको छ ।
दुई बैंक मर्ज भएर एकीकृत कारोबार सुरु गरेपछि चुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar