काठमाडौं – हजुरबुवाको कुटपीटबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका – ६ मुडेलीधारका दीपक साउदका दुई वर्षीय छोरा रेशम साउदको ५० वर्षीय हजुरबुवा गणेश साउदको कुटपीटबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए । यस्तै, कुटपीटबाट ८ वर्षीय अर्का नाती रिजन साउद गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।
कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कूटपिट गर्ने गणेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठीक नरहेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar