काठमाडौं – फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्राम र मेसेञ्जरका लागि नयाँ फिचर थप गरेको छ ।
कार्टुन अवतार प्रयोगगरी प्रयोगकर्ताले भिडिओ कलमा आफ्नो अनुहार नदेखाएरै अवतारको माध्यमबाट हाउभाउ सहितको कुराकानी गर्न मिल्नेछ ।
कोरोना महामारीसँगै भिडिओ कल निकै लोकप्रिय भएको हो, तर कतिपयले त्यसको प्रक्रियामा सहज महसुस गरिरहेका हुँदैनन् । किन कि कुन पहिरन लगाउने, कपाल कस्तो देखिन्छ, अझ बिहान भर्खर ओच्छ्यानबाट ब्युँझिएको बेला छ भने आँखामा देखिने असर आदि कुराले चिन्तित बनाइरहेको हुन्छ ।
यस्तै खाले असहजतालाई सम्बोधन गर्न मेटाले इन्स्टाग्राम र मेसेञ्जरमा कार्टुन अवतार फिचर सार्वजनिक गरेको हो । “क्यामेरा बन्द गर्ने र खोल्ने बाहेक केही हदसम्म तपाईंलाई भिडिओ कलमा आफ्नो उपस्थिति जनाउने किसिमको कुनै तेस्रो विकल्प भइदिए गज्जब हुने थिएन ?” नयाँ फिचरको घोषणा गर्दै मेटाले राखेको पोस्टमा भनिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar