काठमाडौं – भारतले तेस्रो पटक चन्द्रमाका लागि रकेट प्रक्षेपण गर्ने भएको छ । रकेटको उद्देश्यभूगोल तथा वातावरणको अन्वेषण गर्ने रहेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले दुई पटकको असफलताका बावजुद शुक्रबार (जुलाई १४) दिउँसो २:३५ बजेको समयमा सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गर्ने तयारी गरेको छ ।
इसरोले यस यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने योजना बनाएको छ । यो चन्द्रमाको यस्तो ठाउँ हो, जहाँको जानकारी अहिलेसम्म कतै पनि उपलब्ध छैन । सन् २०१९ मा भारतले ‘चन्द्रयान २’ लाई चन्द्रमाको उक्त क्षेत्रमा अवतरण गराउने प्रयास गरे पनि असफल भएको थियो ।
सो मिसनबाट धेरै कुरा सिकेको र त्यही अनुसार यस नयाँ यानको डिजाइन र बनावटमा परिवर्तन गरिएको इसरोले जनाएको छ । ‘चन्द्रयान-३’ लाई भेहिकल मार्क ३ (एलभीएम थ्री) रकेटबाट प्रक्षेपण गरिने बताइएको छ ।
चन्द्रयान ३ का लागि तीन ओटा मिसन राखिएका छन् । पहिलो ‘चन्द्रयान ३’ लाई चन्द्रमामा सुरक्षित र सफ्ट ल्यान्डिङ गराउने, दोस्रो चन्द्रमाको सतहमा रोभरको क्षमता प्रदर्शन गर्ने र तेस्रो स्थलगत रूपमा वैज्ञानिक अवलोकन गर्ने उद्देश्यका साथ चन्द्रयान-३ को प्रक्षेपण गर्न लागिएको इसरोले जनाएको छ ।
चन्द्रयान २ मा जस्तै चन्द्रयान ३ मा पनि एउटा ल्याण्डर (चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने गर्ने अन्तरिक्ष यान) र एउटा रोभर (चन्द्रमाको सतहमा घुम्ने अन्तरिक्षयान) रहनेछ । त्यस्तै यो यानमा ल्याण्डरको नाम ‘विक्रम’ र रोभरको नाम ‘प्रज्ञान’ राखिएको छ । जुन ‘चन्द्रयान-२’ मा समेत राखिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar