काठमाडौं– थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन् ।
युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उनले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गरेको घोषणा गरेका हुन् ।
उनले देश, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेको समाचार संस्था एएफपीले जनाएको छ । थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि वर्तमान प्रधानमन्त्रीको सन्यास घोषणा भएको हो ।
आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख प्रयुत चानले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को चुनावलाई नियन्त्रणसँगै सुदृढ पार्ने प्रयास गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar