काठमाडौं– काठमाडौंबाट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन् ।
कागेश्वरी मनहरा–१, गागलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापा घुससहित पक्राउ परेका हुन् ।
शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar