काठमाडौं– आज सेयर बजार सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८० अङ्कले घटेर दुई हजार ७६ दशमलव ९६ विन्दुमा झरेको छ ।
आज फाइनान्स, लगानी, म्युचल फन्ड, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको सेयर घटेकोमा विकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन र जलविद्युत् समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय ९३ वटा कम्पनीको एक करोड ११ लाख कित्ता सेयर तीन अर्ब ७९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३३ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रो र सिटी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि रावा इनर्जीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar