काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर सामान्य बढेको छ । आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशत तथा सिटी होटलको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सेयर साढे छ प्रतिशत र बीपीडब्ल्यू लघुवित्तको सेयर साढे चार प्रतिशतले ओरालो लागेको छ ।
आज दुई सय ८७ वटा कम्पनीको शेयर ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख रुपैयाँमा किनबेच कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar