काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको प्रतिक्रिया दिएका छन् ।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिने क्रममा पाण्डेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर एमालेले गल्ती गरेको प्रतिक्रिया दिएका हुन् । पाण्डेले प्रधानमन्त्री तथा मन्त्रीहरुले त्यस किसिमको अभिव्यक्ति दिँदा पहिले स्पष्टीकरण सोध्ने बिकल्प रहेकोमा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सिधै राजिनामा माग गरेको प्रति एमालेले गल्ती गरेको टिप्पणी गरे ।
उनले भने, ‘गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरु बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौ । राजीनामा गर्नु पर्दैन । एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पर्थ्यो । संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसद्मा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ, एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’
पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए । एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो ।
भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar