काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालबाट २५ करोड रुपैयाँभन्दा बढीको खानेपानी निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि जेठ महिनाको अवधिमा २५ करोड १० लाखको खानेपानी निर्यात भएको हो ।
नेपालबाट तीन प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ । यस अवधिमा मिनरल वाटर, हिउँ पग्लिको पानी सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुँदै आएको छ । हाल नेपालबाट रसुवा र नेपाल स्प्रिङ ब्राण्डको पानी निर्यात हुँदै आइरहेको छ ।
अष्ट्रेलिया, फ्रान्स, जापान, बेलायत, चीन, कतार, संयुक्त अरब इमिरेट्स, भारत र पोल्याण्ड गरी करिब एक दर्जन मुलुकमा पिउने पानी निर्यात भएको तथ्यांक छ । यस अवधिमा सबैभन्दा धेरै भारतमा २४ करोड ६८ लाख रुपैयाँको पानी निर्यात भएको छ ।
यस्तै, यस अवधिमा विदेशबाट ६३ लाख रुपैयाँ बराबरको खानेपानी समेत आयात भएको विभागको तथ्यांक छ । ११ महिनाको अवधिमा विदेशबाट करिब ५ लाख लिटर खानेपानी आयात भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar