एजेन्सी– नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले राजीनामा दिएका छन् । उनले गठबन्धनसहितको आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएको बीबीसीले जनाएको छ ।
आप्रवासी नीतिमा निरन्तर चलेको छलफल र वार्तामा सहमति जुट्न नसक्दा नेदरल्यान्ड्समा सरकार ढलेको हो । सरकारका चार गठबन्धन साझेदारबीच आप्रवासीको सङ्ख्या रोक्न चाल्ने कदमबारे सहमत हुन सकेन ।
प्रधानमन्त्री मार्क रुट्टेले आप्रवासी नीतिमा सहमति जुटाउन नसक्दा राजीनामा दिएको बताएका छन् । उनले आउँदो चुनावसम्म गठबन्धनले नै कामचलाउ सरकार चलाउने जानकारी पनि दिएका छन् ।
नेदरल्यान्ड्समा यसै वर्ष नोभेम्बरमा चुनाव हुन सक्ने अनुमान छ । रुट्टेको दल भीभीडीले नेदरल्यान्ड्समा शरण खोज्नेहरूको संख्यालाई सीमित गर्ने पक्षमा छ । तर, गठबन्धनका अन्य दलले यो योजनाको विरोध गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar