काठमाडौं– घोराही सिमेन्टमा यसअघि आवेदन दिएकाहरूले आजदेखि आइतबारसम्म आवेदन सच्याउन सक्ने भएका छन् ।
सेयर बिक्री प्रबन्धकहरू हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले सूचना जारी गर्दै समय तोकेका हुन् । लगानीकर्ताले आवेदन सच्याउनुअघि बैंकलाई लिखित निवेदन दिएर खातामा रोक्का भएको रकम फुकुवा गर्न लगाएपछि मात्रै आवेदन सच्याउन सक्नेछन् ।
बोर्डका अनुसार कम्पनीको सेयरमा हालसम्म ३ अर्ब ६१ करोड रकमको आवेदन स्वीकृत भएर होल्ड भएको छ ।
कम्पनीको सेयर आजदेखि पुनः चाँडोमा असार २४ र ढिलोमा असार ३१ गतेसम्म खुला गरिएको छ ।
कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो ।
कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो । सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar