सप्तरी – सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव किर्ते कागजातबाट नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छन् ।
उनी भारतीय नागरिक रहेको र किर्ते कागज बनाएर नेपाली नागरिकता लिएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यादवलाई सप्तरी प्रहरीको हिरासतमा राखिएको छ । उच्च अदालत जनकपुर राजविराज इजालसले यादवलाई पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।
उपमेयर मीरा र उनका पति महेन्द्र यादव पनि भारतीय नागरिक रहेको बताइएको छ । उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यको सुपौल जिल्लामा घर रहेको भन्दै उजुरी परेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar