एजेनसी– कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् ।
एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ । एन्सेलोटीले सन् २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने बताइएको छ ।
स्पेनिस् जाइन्ट रियल मड्रिडसँगको सम्झौता यही वर्ष अर्थात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिल राष्ट्रिय फुटबल टिमको जिम्मेवारी लिने भएका हुन् ।
६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा सहायक प्रशिक्षकको भूमिकामा थिए ।
फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिएपछि ब्राजिलको मुख्य प्रशिक्षक छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar