काठमाडौं – आज सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता सेयर किनबेच भए ।
हिजो चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भयो ।
आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै सिटी होटलको सेयर १० प्रतिशत तथा मानुषी लघुवित्त र सिङ्गटी हाइड्रोको सेयर पाँच प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar