काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ ।
निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ पर्नेछ । त्यस्तै निगमले हवाई इन्धन (आन्तरिक) मा लिटरको १४ रूपैयाँ कम गर्दै १३६ रूपैयाँ मूल्य तोकेको छ। बाह्यमा पनि प्रतिकिलोलिटर ११५ अमेरिकी डलर (करिब १५ रूपैयाँ प्रतिलिटर) कम गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar