काठमाडौं– थ्रीस्टार हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरूले सेयर पाएका छन् ।
उनीहरूमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar