काठमाडौं– आज नेप्से ५३.७० अंकले घटेको छ । नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
गत कारोबार दिन ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ ।
यस दिन २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको हो । आज बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१३ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६२ रुपैयाँ ७० पैसा पुगेको छ । यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा सृजनशिल लघुवित्त रहेको छ। कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार १२९ रुपैयाँमा सीमित भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar