काठमाडौं – नेपालको रैथाने बाली कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको १० महिनामै ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको भन्सार विभागले जनाएको छ ।
गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहिरिएको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हुन्छ ।
कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar