एजेन्सी– फ्रान्समा भएको हिंसात्मक प्रदर्शनका क्रममा एकैरात झण्डै एक हजार जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
गएराति प्रहरीले ९ सय ९४ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । योसहित पक्राउ पर्नेको सङ्ख्या एक हजार आठ सय जना पुगेको छ ।
पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन् । फ्रान्सको राजधानी पेरिसमा गएको मङ्गलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ ।
नाहेल एमलाई मङ्गलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेका थिए ।
प्रदर्शनकारीले पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाएका छन् । सार्वजनिक ठाउँमा झण्डै चार हजार वटा आगजनीका घटना भएका छन् । हिंसा नियन्त्रणका लागि सरकारले ४५ हजार सुरक्षाकर्मी खटाएको छ ।
रातभर सार्वजनिक यातायात बन्द गराएको भए पनि प्रदर्शन रोकिएको छैन । कतिपय ठाउँमा कर्फ्यु लगाएको भए पनि त्यसको उल्लङ्घन भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar