एजेन्सी– फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् ।
हत्याको आरोपमा हिरासतमा रहेका प्रहरी अधिकारीले मृतक किशोरको परिवारसँग माफी मागेको बीबीसीले जनाएको छ । गएको मङ्गलवार घटनाभएपछि फ्रान्समा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ४ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।
प्रदर्शनले उग्र रुप लिएपछि पेरिस उपनगरमा गएरातिदेखि लागू हुने गरी सोमवार बिहानसम्मका लागि कर्फ्यु लगाइएको छ । मङ्गलवार बिहान पहेँलो मर्सिडिज कार चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोप छ ।
राष्ट्रपति इम्यानुयल म्याक्रोले गोली प्रहारको घटना अक्षम्य भएको बताएका छन् । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar