काठमाडौं– शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव ३६ विन्दुमा पुगेको हो । यसअघि गएको माघ १५ गते नेप्से २१ सय ९२ विन्दुमा पुगेको थियो ।
आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर बढेको छ ।
लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ७५ वटा कम्पनीका एक करोड ३१ लाख सात हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज ३३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । यसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् । समग्रमा बजार बढेको दिन आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar